September 19, 2024

एजेन्सी – प्रिमियर लिगमा आर्सनलले सानदार जित दर्ता गरेको छ। प्रिमियर लिगको जारी सिजनको ३४ औं खेलमा चेल्सीले सानदार जित दर्ता गरेको हो।

मंगलबार राति आर्सनलले चेल्सीलाई ५-० को गोल अन्तरले पराजित गर्यो। सुरुवात देखि नै आर्सनलले चेल्सीली दबाबमा राख्न सफल भएको थियो। चेल्सीले बलमा राम्रो नियन्त्रण राखेपनि गोल गर्न भने सकेन।

आर्सनलको जितमा बेन ह्वाइट र काई हार्भेट्जले समान दुई-दुई गोल गर्दा लियान्द्रो ट्रोसाडले‌ एक गोल गरे। खेलमा भएका पाँच गोल मध्ये एक गोल पहिलो हाफमा र चार गोल दोस्रो हाफमा आएका थिए।

खेलको चौंथो मिनेटमै लियान्द्रो ट्रोसाडलको गोलबाट आर्सनलले अग्रता लिएको थियो। खेलको ५२ औ मिनेटमा ह्वाइटले गोल गर्दा आर्सनलको अग्रता दोब्बर भयो।

खेलको ५७ औं मिनेटमा हार्भेट्जले आर्सनलका लागि तेस्रो गोल गरे। उनी हार्भेट्जले खेलको ६५ औं मिनेटमा गोल गर्दा आरानल ४-० को गोल अन्तरले अगाडी बढ्यो।

खेलको ७० औ मिनेटमा ह्वाइटले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे। यस जितसंगै आर्सनलले प्रिमियर लिगको शिर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *