September 19, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका युवा स्टार फिल फोडेनले स्पेनिस क्लब रियल म्याड्रिड मिडफिल्डर जुड बेलिङ्घमको खुलेर प्रशंसा गरेका छन्।

एक कुराकानीका क्रममा फोडेनले बेलिङ्घमको खुलेर प्रशंसा गरेका हुन्। फोडेनले सो कुराकानीका क्रममा कम उमेरमै बेलिङ्घमले धेरै राम्रो प्रदर्शन गरीर`गरिरहेको बताए।

मात्र २० वर्षको उमेरमा बेलिङ्घमले जुन प्रदर्शन गरिरहेका छन्, त्यो धेरै परिपक्व रहेको फोडेनको भनाई छ। त्यसक्रममा फोडेनले बेलिङ्घमले भगवानबाट उपहार पाएको बताउन छुटाएनन्।

“म बेलिङ्घमको उमेरमा विश्वास गर्न सक्दिन। मैले त्यो उमेरमा यति परिपक्व कसैलाई कहिल्यै देखेको छैन। मलाई लाग्छ उनलाई भगवानले राम्रो शरीर उपहार दिएका छन्।”,फोडेनले भने।

बेलिङ्घमले आफ्नो बल र उचाइ (६ फिट १ इन्च) डिफेन्डरहरूलाई कठिन समय दिन प्रयोग गर्छन्। यसले रियल म्याड्रिडलाई ठूलो फाइदा पुगेको छ किनकि उनले प्रतियोगिताभर ३६ खेलमा २१ गोल र १० असिस्ट गरेका छन्।

इङ्गल्याण्डका फ्यानहरूले आशा गर्नेछन् बेलिङ्घम र फोडेन यस गर्मीको युरोपियन च्याम्पियनसिपमा सहभागी हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *