September 19, 2024

एजेन्सी – लिभरपुलले प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटी र आर्सनललाई बुझाएको छ। प्रिमियर लिगको पछिल्लो खेलमा हार बेहोरेसंगै लिभरपुलले प्रिमियर लिगको उपाधि सिटी र आर्सनललाई बुझाएको हो।

बुधबार राति भएको खेलम लिभरपुल एभर्टनसँग पराजित भयो। एभर्टनको घरेलु मैदानमा लिभरपुल लामो समय पछि २-० को गोल अन्तरले पराजित हुन पुग्यो।

एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई लगभग १४ वर्ष पछि पहिलो पटक हराउन सफल भएको छ। यस अगाडी एभर्टनले लिभरपुललाई सन् २०१० को अक्टोबरमा पराजित गरेको थियो।

गुडसन पार्कमा भएको खेलमा जरार्ड ब्रान्टह्वाइट र डोमिनिक क्लेभर्ट–लेविनले एक-एक गोल गरे। एभर्टनले खेलको पहिलो हाफमा र दोस्रो हाफमा एक-एक गोल भएका थिए।

बलमा धेरै राम्रो नियन्त्रण राखेपनि लिभरपुलका फरवार्डहरु फ्लप सावित भए। लिभरपुलले खेलभर ७७ प्रतिशत बलमा नियन्त्रण राखेको थियो। खेलभर कुल २३ प्रहार गरेपनि लिभरपुलले कुनै पनि प्रहारलाई गोलमा परिणत गर्न सकेन।

३४ खेलपछि दोस्रो स्थानको लिभरपुलको ७४ अंक छ। समान खेलमा ७७ अंक सहित आर्सनल शिर्ष स्थानमा छ। दुई खेल कम खेलेको म्यानचेस्टर सिटीको ७३ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *