September 19, 2024

एजेन्सी – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी ‘साम्बा’ आवद्ध फ्रेन्च महिला क्लब एन अभान्ट ग्वेंगाम्प रेलिगेसनबाट जोगिने पक्का भएको छ।

जारी सिजनको २१ औं खेलमा पराजित भएपनि ग्वेंगाम्प रेलिगेसनबाट जोगिन पुगेको हो। बुधबार राति ग्वेंगाम्प लिग लिडर क्लब लियोनसँग पराजित हुन पुग्यो।

लियोनको घरेलु मैदानमा भएको खेलमा ग्वेंगाम्प २-१ को गोल अन्तरले पराजित भयो। पहिलो हाफमा दुई गोलको अन्तरले पछि परेपनि ग्वेंगाम्पले दोस्रो हाफमा एक गोल फर्कायो।

खेलको २५ औं मिनेटमा मेलिन मेन्डीले गोल गर्दै लियोनलाई अग्रता दिलाएकी थिइन्। खेलको ४३ औं मिनेटमा विकी बेचोले गोल गर्दा घरेलु टोली २-० को गोल अन्तरले अगाडी बढ्यो।

खेलको ५८ औ मिनेटमा एलिसन पेनिगुएलले गोल गरेपछि पाहुना टोलीले खेलमा फर्किने प्रयास गर्यो। तर थप गोल हुन नसक्दा ग्वेंगाम्प २-१ को गोल अन्तरले पराजित भयो।

सिजनको एक खेल मात्र बाँकि रहँदा ग्वेंगाम्प ४ जित र १३ हार सहित १६ अंक बनाएर १० औं स्थानमा छ। लियोन अपराजित रहँदै ६१ अंक बनाएर शिर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *