September 19, 2024

एजेन्सी – क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी बीच को ‘गोट’ भन्ने विषयमा बायर्न म्युनिखका स्टार जमाल मुसियालाको धारणा बाहिरिएको छ। एक कुराकानीका क्रममा ‘गोट’को विषयमा मुसियालाले आफ्नो धारणा राखेका हुन्।

एक कुराकानीका क्रममा उनलाई को हो ‘गोट’ भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा मुसियालाले स्पष्ट रुपमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई रोजे।

“मेरो लागि गोट लियो मेस्सी हुन्।”,जमाल मुसियालाले बायर्न टिभीसँगको कुराकानीका क्रममा भने।

मेस्सी र रोनाल्डोले गत डेढ दशक भन्दा बढी समय देखि उत्कृष्ट फुटबल खेलिरहेका छन्। दुवैले निरन्तर एक अर्कालाई टक्कर दिए। सामूहिक उपाधि देखि व्यक्तिगत अवार्डहरुमा समेत दुई बीच प्रतिष्पर्धा रह्यो।

दुबै मेगास्टारले क्लब र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेका लगभग सबै उपाधि जितेका छन्। पोर्चुगिज मेगास्टारले युइएफए युरोपियन च्याम्पियनसिप जितेपनि विश्वकप भने जित्न बाँकी छ।

सन् २०२२ को फिफा विश्वकप जितेका लियोनल मेस्सीले आठ पटक बालोन डी’ओर जितेका छन् भने क्रिस्टियानो रोनाल्डोले पाँच पटक बालोन डी’ओर जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *