September 19, 2024

एजेन्सी – युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको खेल अगाडी स्पेनिस महारथी रियल म्याड्रिडलाई ठूलो राहत मिलेको छ। युइएफए च्याम्पियन्स लिग सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नु अगाडी रियल म्याड्रिडलाई ठूलो राहत मिलेको हो।

युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रियलले म्युनिखको भ्रमण गर्दैछ। सो खेल अगाडी यस अगाडी घाइते रहेका दुई खेलाडी खेल्नका लागि फिट हुने भएका छन्।

स्पेनिस पत्रिका मार्काका अनुसार ब्राजिलियन स्ट्राइकर रोड्रिगो र फ्रान्सेली डिफेन्डर फेर्ल्यान्ड मेन्डी दुवै चोट मुक्त भइसकेका छन् र मंगलबार बायर्न म्युनिखसँग खेल्नका लागि फिट छन्।

रोड्रिगो फ्लूबाट पीडित थिए र यस हप्ताको सुरुमा प्रशिक्षणमा उपस्थित भएनन्। उनी शुक्रबार राति रियल सोसिडाड विरुद्धको भिडन्तका लागि कार्लोस एन्सेलोट्टीको टोलीमा थिएनन्।

म्यानचेस्टर सिटी विरुद्धको च्याम्पियन्स क्वार्टरफाइनल टाईको दोस्रो लेग पछि फिटनेस समस्याका कारण फेर्ल्याण्ड मेन्डी क्लासिको र रियल सोसिडाड विरुद्धको खेल दुवैका लागि अनुपलब्ध थिए।

तर अब उनी पनि रियलको टोलीमा फिर्ता भैसकेको मार्काले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *