September 19, 2024

एजेन्सी – अल-नासरका कप्तान क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिगको मार्च महिनाको प्लेयर अफ द मन्थ घोषित भएका छन्। मर्चा महिनामा गरेको उच्च प्रदर्शनका लागि रोनाल्डो साउदी प्रो लिगको मार्च महिनाको प्लेयर अफ द मन्थ घोषित भएका हुन्।

साउदी प्रो लिगको मार्च महिनाको प्लेयर अफ द मन्थको रुपमा रोनाल्डोले शनिबार राति अवार्ड प्राप्त गरे। मार्च महिनामा अल नासरका लागि धेरै राम्रो प्रदर्शन गरेका थिए।

३९ वर्षीय रोनाल्डो यो सिजन नाइट्स अफ नजदका लागि उत्कृष्ट लयमा छन् । उनले यस सिजनका सबै प्रतियोगितामा ३७ खेलमा ३६ गोल गरिसकेका छन् र १२ वटा असिस्ट प्रदान गरिसकेका छन्।

रोनाल्डो हाल एसपीएलको सर्वाधिक गोलकर्ता पनि हुन् । उनले यस सिजन साउदी प्रो लिगका २५ खेलमा २९ गोल गरेका छन्। साथै उनले लिगमा १० असिस्ट समेत प्रदान गरेका छन्।

रोनाल्डो मार्चमा उत्कृष्ट फर्ममा थिए र उनले एक ह्याट्रिक सहित चार गोल गरेका थिए। अल-अलामीले आफ्ना तीन खेलमध्ये दुईमा जित निकालेको थियो भने एक हार बेहोरेको थियो।

पोर्चुगिज सुपरस्टारले यो सिजन चार प्लेयर अफ द मन्थ अवार्ड जितेका छन्। उनले अगस्ट, सेप्टेम्बर, डिसेम्बरमा पनि प्लेयर अफ द मन्थको अवार्ड जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *