September 19, 2024

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले महत्वपूर्ण जित निकालेको छ। साउदी प्रो लिगको २९ औं खेलमा अल नासरले शनिबार राति महत्वपूर्ण जित निकालेको हो।

शनिबार राति अल नासरले अल खालीजलाई उसकै घरेलु मैदानमा १-० को गोल अन्तरले पराजित गर्यो। खेलमा अल नासरक स्पेनिस डिफेन्डर एमरिक लापोर्टेले निर्णायक गोल गरे।

खेलभर बलमा अल नासरले नियन्त्रण राखेपनि गोल गर्न भने धेरै मिहिनेत गर्न पर्यो। अल नासरले खेलभर बलमा कुल ५७ प्रतिशत नियन्त्रण राखेको थियो।

खेलभर अल नासरको तर्फबाट कुल ८ प्रहार भएका थिए। जसमध्ये ४ प्रहार टार्गेटमा थिए। तर त्यसमध्ये एक मात्र प्रहार टार्गेट गोलमा परिणत भयो। सो गोल एमरिक लापोर्टेले खेलको ६८ औं मिनेटमा गरेका थिए।

त्यस्तै घरेलु टोलीले भने खेलभर बलमा कम नियन्त्रण राखेपनि अल नासर विरुद्ध केहि राम्रो आक्रमण गर्ने प्रयास गरेको थियो। खेलभर अल खालीजको तर्फबाट १० प्रहार भएका थिए।

जस मध्ये ४ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा परिणत भने हुन सकेन। यस जित संगै अल नासरले साउदी प्रो लिगमा ७१ अंक बनाएको छ।

एक खेल कम खेलेको अल हिलाल भन्दा अल नासर ९ अंकले पछाडी छ। पराजित अल खालीज भने ३५ अंक सहित ११ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *