September 19, 2024

एजेन्सी – मेजर सकर लिगमा इन्टर मियामीले सानदार जति दर्ता गरेको छ। मेजर सकर लिगको ११ औं खेलमा इन्टर मियामीले आइतबार बिहान सानदार जित दर्ता गरेको हो।

आइतबार बिहान अवे खेलमा मियामीले न्यू इङ्गल्याण्डलाई ४-१ को गोल अन्तरले पराजित गर्यो। पहिलो हाफमा १-१ को बराबरी खेलेपनि दोस्रो हाफमा तीन गोल थप्दै मियामीले ४-१ को सानदार जित दर्ता गरेको हो।

खेलभर मियामीले बलमा राम्रो नियन्त्रण राख्दै आक्रमण गरेको थियो। खेलभर बलमा मियामीको ५६ प्रतिशत नियन्त्रण थियो। मियामीको तर्फबाट खेलभर कुल १२ प्रहार भएका थिए।

जसमध्ये ६ प्रहार टार्गेटमा थिए। मियामीको जितमा कप्तान लियोनेल मेस्सीले दुई गोल गर्दा लुइस सुआरेज र बेन्जामिन क्रेमास्चीले एक-एक गोल गरे। त्यस्तै घरेलु टोलीका लागि भने एक मात्र गोल टोमस चान्काले गरेका थिए।

खेलको पहिलो मिनेटमै टोमस चान्काले गोल गरेपछि घरेलु टोलीले अग्रता पाएको थियो। तर खेलको ३२ औं मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई खेलमा फर्काए।

उनै मेस्सीले खेलको ६७ औं मिनेटमा गोल गर्दै मियामीलाई अग्रता दिलाए। खेलको ८६ औं मिनेटमा क्रेमास्चीले गोल गर्दा मियामी ३-१ को गोल अन्तरले अगाडी बढ्यो।

खेलको ८८ औं मिनेटमा सुआरेजले गोल गरेसंग मियामीको ४-१ को जित पक्का भयो। यस जित पश्चात मेजर सकर लिगको इस्टर्न कन्फरेन्स तर्फ मियामीले ३ अंकको अग्रता बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *