November 9, 2024

एजेन्सी – केहि खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने प्रिमियर लिगको एक क्लब क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर जुलेस काउन्डेलाई भित्र्याउन इच्छुक छ।

स्पेनिश समाचार आउटलेट टोडोफिचाजेसले बार्सिलोनाक डिफेन्डर जुलेस काउन्डेलाई भित्र्याउन प्रिमियर लिग क्लब एस्टन भिल्ला इच्छुक रहेको दावी गरेको हो।

२०२२ को गर्मीमा सेभिल्लाबाट ५५ मिलियन युरोको ट्रान्सफरमा आएपछि २५ वर्षीय काउन्डे ब्लाउग्रानाका लागि महत्वपूर्ण स्टारर साबित भएका छन्।

उनले अहिले सम्म बार्सिलोनाका लागि ८२ खेल खेलिसकेका छन् भने बार्सिलोनाबाट ला लिगाको उपाधि र सुपरकोपा डे एस्पाना ट्रफी उचालिसकेका छन्।

बार्सिलोनाको चलिरहेको आर्थिक समस्यालाई मध्यनजर गर्दै उनलाई सम्भावित बिक्री गर्न सकिने खेलाडीको रुपमा हेरिएको छ। उनको ट्रान्सफर मूल्य ५० देखि ६० मिलियन युरोको बीचमा हुन सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *