September 19, 2024

एजेन्सी – लण्डन क्लब आर्सनल प्रिमियर लिगको उपाधि जितेरै छाड्ने लयमा देखिएको छ। आइतबार महत्वपूर्ण जित निकालेसंगै आर्सनल प्रिमियर लिग उपाधि जितेरै छाड्ने लयमा देखिएको हो।

आइतबार आर्सनलले शीर्ष पाँचको टोटनहमलाई उसकै घरेलु मैदानमा ३-२ को गोल अन्तरले पराजित गर्यो। आर्सनलको जितमा बुकायो साका, काइ हार्भेट्जले एक-एक गोल गरे।

आर्सनलले एक गोल भने उपहारमा पायो। टोटनहमका लागि क्रिस्टियन रोमेरो र सन हुग मिनले गोल गरे। खेलमा भएका पाँच गोल मध्ये ३ गोल पहिलो हाफमा र दुई गोल दोस्रो हाफमा भएका थिए।

खेलमा ३–० ले पछि परेरपनि टोटेनहम २ गोल फर्काउन सफल भएको थियो। टोटेनहम पहिलो हाफमा ३-० को गोल अन्तरले पछि परेको थियो। तर उसले दोस्रो हाफमा दुई गोल फर्कायो।

पिरि इमलीको आत्मघाती गोलमा आर्सनलले १५ औं मिनेटले अग्रता पायो। साकाले २७ औं र हार्भेट्जले ३८ औं मिनेटमा गोल गरेसंगै आर्सनल ३-० को गोल अन्तरले अगाडी बढ्यो।

६४ औं मिनेटमा रोमेरोले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे। मिनले ८७ औं मिनेटमा पेनाल्टीमा गोल गरे। दोस्रो हाफमा निरन्तर आर्सनललाई दबाबमा राख्ने प्रयास गरेपनि घरेलु टोलीले आर्सनलसँग अंक खोस्न सकेन।

यस जितपछि आर्सनलले ३५ खेलमा २५ जित ५ बराबर र ५ हार सहित ८० अंक बनाएको छ। पाँचौं स्थानमा रहेको टोटेनहमको ६० अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *