एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबर अनुसार प्रिमियर लिग क्लब लिभरपुलले क्लबका स्टार मोहम्मद सलाहको भविष्यलाई लिएर निर्णय गरेको छ।
लिभरपुलले सलाहला बिक्री गर्ने निर्णय गरेको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्। लिभरपुल सलाहलाई आगामी समर ट्रान्सफर विन्डोमा बिक्री गर्न तयार रहेको बताइएको छ।
गत समर ट्रान्सफर विन्डोमै सलाहका लागि लिभरपुलले आकर्षक प्रस्ताव प्राप्त गरेको थियो। सलाहका लागि साउदी अरेबियन क्लब अल इत्तिहाद १ सय ५० मिलियन पाउण्ड सम्म खर्च गर्न तयार भएको थियो।
तर लिभरपुलले अल इतिहादको प्रस्ताव सिधै रिजेक्ट गरेको थियो। तर लिभरपुल यस समर ट्रान्सफर विन्डोमा भने सलाहका लागि प्रस्तावहरु सुन्ने पक्षमा रहेको बताइएको छ।
आगामी समर ट्रान्सफर विन्डोमा पनि सलाहका लागि इत्तिहादले प्रस्ताव पठाउन सक्ने अनुमान गर्न सकिन्छ। इत्तिहादले सलाहका लागि १ सय मिलियन युरो देखि प्रस्ताव पठाउन सक्ने बेलायती खेल मिडियाहरु बताउँछन्।
केहि दिन अगाडी सलाह र प्रशिक्षक योर्गेन क्लोप बीच खेलका दौरान केहि भनाभन समेत भएको थियो। सो कारणले गर्दा पनि लिभरपुलले सलाहलै बिक्री गर्न सक्ने अनुमान गरिएको छ।