December 23, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी) सिजन सकिनु भन्दा अगाडी नै फ्रेन्च लिग वान च्याम्पियन बन्न सफल भएको छ। पिएसजी लिगका तीन खेल अगावै फ्रेन्च लिग वान च्याम्पियन बन्न सफल भएको हो।

आइतबार राति फ्रेन्च लिग वान अन्तरगतको खेलमा लिगको दोस्रो स्थानमा रहेको मोनाको पराजित भयो। जससंग पिएसजी फ्रेन्च लिग वान च्याम्पियन बन्न सफल भयो।

गएराति भएको खेलमा दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ गोलले पराजित भएको थियो। सो हार पश्चात मोनाकोले पिएसजीलाई भेट्टाउन सक्ने अंक गणितीय आधार समाप्त भयो।

पिएसजीले ३१ खेल मध्ये २० खेलमा जित निकाल्दा मात्र एक खेलमा हार बेहोरेको छ भने १० खेलमा बराबरी खेलेको छ। पिएसजीको ७० अंक छ। दोस्रो स्थानको मोनाकोले ३१ मध्ये १७ खेलमा जित निकालेको छ।

यस्तै ७ हार र ७ बराबरी सहित मोनाकोले ५८ अंक बनाएको छ। दुवै टोलीले यस सिजन फ्रेन्च लिगमा अब ३-३ खेल खेल्न बाँकी छ। पिएसजीले सबै खेल हारेर मोनाकोले सबै खेल जितेपनि पिएसजीलाई भेट्टाउन सक्ने छैन।

फ्रेन्च लिग वानको उपाधि जितेपछि अब पिएसजी च्याम्पियन्स लिग उपाधि जित्ने अभियानमा केन्द्रित हुनेछ। पीएसजीले अब सेमिफाइनलमा बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *