एजेन्सी – बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङ्घम र पीएसजीका फरवार्ड किलियन एमबाप्पेलाई हाल विश्वका “सबैभन्दा उत्कृष्ट” खेलाडीको सूचीमा राखेका छन्।
एक कुराकानीका क्रममा बार्सिलोनाका पोलिस स्ट्राइकर लेवान्डोस्कीले बेलिङ्घम र एमबाप्पे दुवै अहिले विश्वको सबै भन्दा उत्कृष्ट खेलाडीको रुपमा रहेको बताएका हुन्।
स्पोर्ट विल्डसँगको कुराकानीका क्रममा लेवान्डोस्कीलाई उनी कुन खेलाडीलाई हाल विश्वको उत्कृष्ट मान्छन्। पोल्याण्डका स्ट्राइकरले सिजनको महत्त्वपूर्ण भाग बाँकी रहेकाले जवाफ दिन गाह्रो भएको बताएपनि एम्बाप्पे र बेलिङ्घमको नाम लिए।
“यो भन्न गाह्रो छ किनकि हामीसँग अझै युरोपियन च्याम्पियनसिप (युरो) र च्याम्पियन्स लिगको अन्तिम निर्णायक खेलहरू बाँकी छन्। तर अहिले किलियन एमबाप्पे र जुड बेलिङ्घम मेरा लागि विश्वका उत्कृष्ट खेलाडी हुन्।”,लेवान्डोस्कीले भने।
बेलिङ्घम र एम्बाप्पे दुवै यस सिजन च्याम्पियन लिग जित्ने दौडमा समेत छन्। बेलिङ्घमको रियल म्याड्रिड र एम्बाप्पेको पिएसजी दुवै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगिसकेका छन्।
सेमिफाइनल पार गर्न सकेको खण्डमा दुई टोली बीच फाइनलमा भेट हुन सक्छ।