September 19, 2024

एजेन्सी – केहि खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना साउदी अरब जाने ढोका खुल्लै छ।

केभिन डे ब्रुएना साउदी अरब जाने ढोका अझै खुल्ला रहेको एथलेटिकले जनाएको हो। एथलेटिक पत्रकार साम लीका अनुसार डे ब्रुएना आगामी समर ट्रान्सफर विन्डोमा साउदी जान सक्ने सम्भावना बाँकी नै छ।

साउदी प्रो लिगका खेल निर्देशक माइकल एमेनालो म्यानचेस्टर सिटी मिडफिल्डरलाई अनुबन्ध गर्न इच्छुक रहेको उनको दावी छ। सन् २०२५ सम्म म्यानचेस्टर सिटीसँग सम्झौता गरेका ब्रुएनाले यस विषयमा विचार गरिरहेको बताइएको छ।

गत समर ट्रान्सफर विन्डोमा साउदीले ब्रुएनाका लागि आकर्षक प्रस्ताव पठाएको थियो। साउदीले त्यसबेला उनलाई वार्षिक ७० मिलियन युरो सम्मको पारिश्रमिक अफर गरेको थियो।

तर उनले सिटीमै रहने निर्णय गरे। पूर्व चेल्सी प्राविधिक निर्देशक एमेनालोले अझै ब्रुएनासँग सम्पर्क जारी राखेको र उनलाई भित्र्याउन प्रयास गरिरहेको बताइएको छ।

सन् २०१२ मा जेन्कबाट चेल्सीमा केभिन डे ब्रुइनको स्थानान्तरणमा एमेनालोले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *