September 19, 2024

एजेन्सी – आइतबार बिहान इन्टर मियामीले जिलेट स्टेडियममा न्यू इङ्गल्याण्ड रिभोलुसन विरुद्ध सानदार जित निकाल्यो। सो जितमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले महत्वपूर्ण भूमिका निभाए।

मेस्सीले चार मध्ये तीन गोलका लागि योगदान दिएका थिए। न्यू इङ्गल्याण्ड रिभोलुसन विरुद्ध मेस्सीले दुई गोल गर्दा एक गोलका लागि असिस्ट दिएका थिए।

३६ वर्षीय मेस्सीको प्रदर्शन देख्दा विपक्षी डिफेन्डर जेभियर एरियागा प्रभावित भए। खेल पश्चात उनले कुराकानी गर्नेक्रममा खुलेर मेस्सीको प्रशंसा नै प्रशंसा गरे।

उनले मेस्सीलाई उत्कृष्ट खेलाडीको संज्ञा दिए। अन्य कुनै पनि खेलाडीले गर्न नसक्ने काम मेस्सीले गर्न सक्ने उनको भनाई छ। अन्य खेलाडीले फेला पार्न नसक्ने स्पेस मेस्सीले फेला पार्ने गरेको एरियागाले सुनाए।

“मेस्सीले त्यो ठाउँ फेला पार्न सक्छन् जुन मलाई लाग्छ अरू कुनै खेलाडीले भेट्टाउन सक्दैन। त्यसैले त उनी उत्कृष्ट छन्। स्पष्ट रूपमा उनीहरुसँग स्केट्स जस्ता राम्रो खेलाडी पनि छन्। तर मेस्सी आफैं पनि राम्रो स्पेस निकाल्न माहिर छन्। हामीले मेस्सीका अधिकांश पासहरू रोक्न प्रयास गर्यौं, तर हामीले त्यो गर्न सकेनौं र उनले गोल गरे।”,एरियागाले भने।

खेलको पहिलो मिनेटमै अर्जेन्टिनाका फरवार्ड टोमस चान्कालेको गोलबाट न्यु इङ्ल्यान्ड रिभोलुसनले अग्रता लिएको थियो । खेलको ३२ औं मिनेटमा रोबर्ट टेलरको सहयोगमा लियोनल मेस्सीले खेलको पहिलो गोल गरेपछि घरेलु टोलीले केही समय आफ्नो अग्रता कायम राख्न सफल भयो ।

आठ पटकको बालोन डी’ओर विजेताले ६७ औं मिनेटमा बार्सिलोनाका पूर्व सहकर्मी सर्जियो बुस्केट्सको सहयोगमा गोल गर्दै इन्टर मियामीका लागि बेन्जामिन क्रेमास्चीले खेलको तेस्रो गोल गरे । ८८औं मिनेटमा लियोनल मेस्सीको सहयोगमा लुइस सुआरेजले अन्तिम गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *