December 23, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले जर्मन महारथी बायर्न म्युनिखलाई बराबरीमा रोकेको छ। च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियलले बायर्नलाई बराबरीमा रोकेको हो।

मंगलबार राति बायर्न म्युनिखको घरेलु मैदानमा भएको पहिलो लेगको खेल २-२ को बराबरीमा रोकियो। दुवै टोलीले एक-एक पटक अग्रता लिएपनि जित निकाल्न भने सकेनन्।

खेलको २४ मिनेटमा ब्राजिलियन युवा स्टार भिनिसियस जुनियरको गोलबाट रियलले अग्रता लिएको थियो। मिडफिल्डबट टोनी क्रुसले खेलेको अद्भुत थ्रु-पासलाई अगाडी बढाएर भिनिसियसले गोल गरेका थिए।

त्यसपछि पहिलो हाफमा कुनै पनि टोलीबाट थप गोल भएनन्। खेलको ५३ औं मिनेटमा बायर्नले बराबरी गोल फर्कायो। लिरोए सानेले एकल रन बनाएर गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो।

त्यसको चार मिनेटमै बायर्नले अग्रता लिन सफल भयो। लुकास भास्केजले बक्स भित्रबाट जमाल मुसीयालामाथि फाउल गरेपछि बायर्नले पेनाल्टीको अवसर पायो। जसमा ह्यारी केन चुकेनन्।

खेलको ८३औं मिनेटमा रियलले पेनाल्टी मार्फत गोल गर्दै खेलमा बराबरी गर्यो। सो गोल भिनिसियसले गरेका थिए। यस बराबरीसंगै रियललाई फाइदा पुगेको छ।

दोस्रो लेको खेल रियलको घरेलु मैदानमा हुनेछ। दोस्रो लेगमा पक्कै पनि रियल घरेलु मैदानको तागतमा जित निकालेर फाइनल प्रवेश गर्ने पक्षमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *