एजेन्सी – च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगको खेलका लागि फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आज राति सिग्नल इडुना पार्कको भ्रमण गर्दैछ।
च्याम्पियन्स लिगको पहिलो लेगका लागि पिएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डको घरेलु मैदान सिग्नल इडुना पार्कको आज राति भ्रमण गर्न लागेको हो।
पिएसजी र डर्टमण्ड बीचको खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ। डर्टमण्ड घरेलु मैदानमा सहज जित निकाल्ने पक्षमा हुनेछ भने पिएसजी पनि पहिलो लेगमै जित निकालेर सहज अवस्थामा रहने योजनामा हुनेछ।
बोरुसिया डर्टमण्ड चौथो पटक युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा खेल्दै छ। पछिल्ला तीन सेमिफाइनल मध्ये दुई पटक डर्टमण्ड फाइनलमा प्रवेश गरेको छ।
त्यस्तै पिएसजी पनि चौंथो पटक युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल खेल्न गइरहेको छ। बोरुसिया डर्टमण्ड पछिल्ला १० च्याम्पियन्स लिगको घरेलु खेलहरूमा अपराजित छ।
जुन प्रतियोगितामा उनीहरूको सबैभन्दा लामो दौड हो। केवल तीन टोलीहरू प्रतियोगितामा लामो वर्तमान अपराजित होम रनमा छन्: म्यानचेस्टर सिटी (३२), एफसी बायर्न म्युनिख (१५) र रियल म्याड्रिड (१२)।