September 20, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले नयाँ रेकर्ड बनाएका छन्। युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको अफिलो लेगमा बायर्न म्युनिख विरुद्ध खेल्न मैदानमा उत्रिएसंगै मिडफिल्डर लुका मोड्रिचले नयाँ रेकर्ड बनाएका हुन्।

बायर्न विरुद्धको खेलमा मोड्रिच रियलको सुरुवाती ११ मा थिएनन्। तर उनले खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्ने मौका पाएका थिए। उनी खेलको ७५ औं मिनेटमा जुड बेलिङह्यामको स्थानमा मैदान प्रवेश गरेका थिए।

मैदान प्रवेश गर्ने बितिकै मोड्रिचले फेरेन्क पुस्कासको च्याम्पियन्स लिगको कीर्तिमान तोडे। उनी रियल म्याड्रिडको जर्सीमा च्याम्पियन्स लिग खेल्ने सबै भन्दा पाको खेलाडी बने।

पुस्कासले यसअघि सन् १९६५ मा ३८ वर्ष २२९ दिनको उमेरमा म्याड्रिड किल्मार्नकका लागि युरोपियन कप खेलेका थिए। मंगलबार राति बायर्न विरुद्ध खेल्दा मोड्रिचको उमेर ३८ वर्ष २३४ दिन थियो।

क्रोएसियाली खेलाडीले रियल म्याड्रिडका लागि सबै प्रतियोगितामा ५२८ खेल खेलेका छन्। अहिले सम्म उनले रियलका लागि ३९ गोल गरेका छन् भने ८४ असिस्ट प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *