September 19, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने जर्मन क्लब बायर्न म्युनिखले लिभरपुल स्टार भर्जिल भान डाइकलाई भित्र्याउन चाहेको छ।

युरोपबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले आगामी समर ट्रान्सफर विन्डोमा जर्मन क्लब बायर्न म्युनिखले लिभरपुलका डच डिफेन्डर भान डाइकलाई भित्र्याउन चाहेको दावी गरेका हुन्।

बुन्डेसलिगा दिग्गजहरूले ग्रीष्मको अघि डच डिफेन्डरको उपलब्धताको बारेमा चासो व्यक्त गरिरहेको स्पोर्ट्स जोनले जनाएको छ। यधपी बायर्नले उनका लागि लिभरपुललाई ठोस प्रस्ताव पठाउन भने बाँकी नै छ।

योर्गेन क्लोपले क्लब छाड्ने घोषणा गरेदेखि एनफिल्डमा भान डाइकको भविष्य अनुमानको विषय बनेको छ। क्लोपको बहिर्गमन संगै भान डाइकले पनि क्लब छाड्न सक्ने चर्चा गरिन्छ।

उनी लिभरपुलको पछिल्लो सफलताको मुख्य सुत्रधारको रुपमा रहेका छन्। हालसम्म भान डाइकले प्रिमियर लिग, एफए कप, ईएफएल कप, च्याम्पियन्स लिग, यूईएफए सुपर कप र क्लब विश्वकप जितिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *