September 20, 2024

एजेन्सी च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले बुधबार राति जर्मनीको भ्रमण गर्यो। पहिलो लेगमा पिएसजीले जर्मन क्लब बुरुसिया डर्टमण्डको सामना गर्यो।

कम्जोर आँकिएको डर्टमण्डले पिएसजीलाई चक्मा दिँदै जित निकाल्यो। खेलभर बलमा राम्रो नियन्त्रण राखेपनि गोलमा चुक्दा पिएसजी पराजित हुन पुग्यो।

डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका थिए। डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप बिट गर्दै बनाएको रनमा उनले गोल गरे।

डर्टमण्ड विरुद्ध पिएसजीको आक्रमण पङ्ती कम्जोर देखिएको थियो। एक हिसाबले भन्ने हो भने एम्बाप्पे डर्टमण्ड विरुद्धको पहिलो लेगमा फ्लप नै भए।

डर्टमण्डका खेलाडीहरु एम्बाप्पेलाई चुपचाप राख्न सफल भए। डर्टमण्ड विरुद्धको खेलमा पिएसजी पराजित भएपछि यति बेला सामाजिक संजालमा एम्बाप्पेको आलोचना भइरहेको छ।

केहिले सामाजिक संजालमा एम्बाप्पेको खिल्ली पनि उडाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *