September 20, 2024

एजेन्सी – फ्रेन्च स्टार करिम बेन्जेमा आफ्नो पूर्व क्लब रियल म्याड्रिड फर्किने भएका छन्। साउदी क्लब अल इत्तिहाद आवद्ध बेन्जेमा चोटको उपचारका लागि आफ्नो पूर्व क्लब रियल म्याड्रिड फर्किने भएका हुन्।

पछिल्लो पटक लागेको चोटको परिक्षण र उपचारका लागि बेन्जेमा आफ्नो पूर्व क्लब रियल म्याड्रिड फिर्ता हुने भएको साउदी क्लब अल इत्तिहादले नै पुष्टि गरेको छ।

सो सम्बन्धमा क्लबले एक विज्ञप्ति नै जारी गरेर जानकारी गराएको छ। रियल म्याड्रिडका हुँदा चोटको उपचार गरेका डाक्टरहरुको परामर्श लिनको लागि बेन्जेमा रियल म्याड्रिड फर्किएको अल इत्तिहादले जनाएको छ।

“करिम बेन्जेमा यस सिजनमा आफूलाई लागेको चोटको बारेमा मेडिकल जाँच गराउन रियल म्याड्रिड फर्केका छन्। उनी अल-इतिहाद र रियल म्याड्रिडका मेडिकल स्टाफहरू बीचको समन्वयमा म्याड्रिड फर्किएका हुन्।”,अल इत्तिहादले सामाजिक संजाल मार्फत विज्ञप्ति जारी गर्दै भनेको छ।

बेन्जेमा छोटो समयमै रियल म्याड्रिडबाट फर्किनेछन्। लस ब्लान्कोसको साथ रहँदा बेन्जेमाले धेरै राम्रो प्रदर्शन गरेका थिए। उनले रियल म्याड्रिडका लागि कुल ६ सय ४८ खेल खेले।

जसमा उनले ३ सय ५४ गोल गर्दा १ सय ६५ असिस्ट प्रदान गरेका थिए। रियलमा हुँदा उनले चार ला लिगा उपाधि र पाँच पटक यूईएफए च्याम्पियन्स लिग जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *