September 19, 2024

एजेन्सी – जर्मन च्याम्पियन बायर लेभरकुसेन अर्को उपाधि नजिक पुगेको छ। अपराजित रहँदै युरोपमा सनसनी मच्चाइरहेको बायर लेभरकुसेन युरोपा लिग उपाधि नजिक पुगेको हो।

बायर लेभरकुसेनले बिहिबार राति युरोपा लिगमा इटालियन क्लब रोमालाई सहजै पराजित गर्यो। रोमाको घरेलु मैदान ओलम्पिक स्टेडियममा लेभरकुसेन २-० को गोल अन्तरले विजयी भयो।

बलमा बढी नियन्त्रण रोमाले राखेपनि लेभरकुसेनले खेलभर निरन्तर आक्रमण गरेको थियो। फलस्वरूप लेभरकुसेन नै विजयी हुन पुग्यो। रोमाले खेलभर बलमा ५३ प्रतिशत नियन्त्रण राखेको थियो।

तर खेलभर रोमाले मात्र ८ प्रहार गरेको थियो। जसमध्ये २ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा परिणत हुन भने सकेनन्। पाहुना टोली लेभरकुसेनले भने खेलभर १९ प्रहार गरेको थियो।

जसमध्ये ४ प्रहार टार्गेटमा थिए। त्यसमध्ये २ प्रहार गोलमा परिणत भए। लेभरकुसेनका लागि फ्लोरियन विर्ट्ज र रोबर्ट एन्ड्रिचले गोल गरेका थिए। लेभरकुसेनले पहिलो र दोस्रो दुवै हाफमा एकएक गोल गरेको थियो।

यस जितसंगै लेभरकुसेनले यस सिजन अपराजित यात्रालाई ४७ खेल सम्म लम्ब्याएको छ। लेभरकुसेनले अपराजित रहँदै बुन्डेसलिगाको उपाधि जितिसकेको छ।

रोमाको घरेलु मैदनामा अभाएको पहिलो लेगमा जित निकालेसंगै लेभरकुसेनलाई फाइनल पुग्न सहज हुने भएको छ। दोस्रो लेग अब आगामी साता लेभरकुसेनको घरेलु मैदानमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *