September 19, 2024

एजेन्सी – केहि खेल मिडियाहरुका अनुसार प्रिमियर लिग क्लब चेल्सीले ब्राजिलियन क्लब पाल्मेरासका १७ वर्षीय एस्टेभाओ ‘मेसिन्हो’ विलियनलाई अनुबन्ध गरेर युवा स्टारहरूको सङ्कलन बढाउन खोजिरहेको छ।

विभिन्न खेल मिडियाहरुका अनुसार चेल्सीले ‘मेसिन्हो’लाई भित्र्याउने योजना बनाएको हो। चेल्सीले उनलाई आगामी समर ट्रान्सफर विन्डोमा भित्र्याउने योजना बनाएको बताइएको छ।

पाल्मेरास र ब्राजिलको युवा टोलीका लागि आशाजनक प्रदर्शन पछि ‘मेसिन्हो’ युरोपका धेरै क्लबहरुले पछ्याइरहेका छन्। यस्तोमा चेल्सी पनि सो दौडमा देखिएको युओएलले जनाएको छ।

विलियनले रियल म्याड्रिड जाने एन्ड्रिकसँगै खेल्ने गरेका छन्। उनले ब्राजिलियन संगठनका लागि सबै प्रतियोगिताहरूमा १२ सिनियर उपस्थितिहरू जनाइसकेका छन्।

उनलाई भित्र्याउने दौडमा यस अगाडी देखि नै पेरिस सेन्ट जर्मेन(पिएसजी), आर्सनल र बार्सिलोना जस्ता क्लबहरु छन्। आगामी समर ट्रान्सफर विन्डोमा चेल्सीसँग सम्झौता गरेपनि उनी लन्डनबाट खेल्न भने पाउने छैनन्।

किनभने उनले विदेशी खेलाडीको रुपमा १८ वर्ष नपुगी रोजगार सम्झौता गर्न सक्नेछैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *