December 23, 2024

एजेन्सी – भारतीय क्रिकेट आइकन विराट कोहलीले सन् २०२४ को उत्कृष्ट एथलिटको सूचीमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई पछि पारेका छन्।

द र्याङ्करले हालसालै सार्वजनिक गरेको सन् २०२४ को उत्कृष्ट एक सय एथलिटको सूचीमा भारतीय क्रिकेटरले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई पछि पारेका हुन्।

मेस्सी र रोनाल्डो जस्ता खेलाडीलाई पछि पर्दै कोहली नम्बर एक खेलाडी बनेका छन्। कोहली यो सूचीमा परेका एक मात्र क्रिकेटर हुन्। सो सूचीको दोस्रो स्थानमा रोनाल्डो छन्।

त्यस्तै तेस्रो स्थानमा सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच छन्। फर्मुला वान ड्राइभर मैक्स भेर्स्टाप्पेन सो सूचीको चौंथो स्थानमा रहँदा बास्केटबल खेलाडी स्टेफ करी पाँचौ स्थानमा छन्।

त्यस्तै इन्टर मियामीका अर्जेन्टिनी स्टार लियोनेल मेस्सी छैठौं स्थानमा छन्। अर्का फुटबल खेलाडी किलियन एम्बाप्पे यस सूचीको ११ औं स्थानमा छन् भने एर्लिङ हालाण्ड १४ औं स्थानमा छन्।

अष्ट्रेलियासँगको विश्वकप फाइनलमा भारतको एन्टी क्लाइमेटिक हारको बावजुद, सुपरस्टार ब्याट्सम्यानले प्रतियोगितामा धेरै रेकर्डहरू तोडे। पूर्व भारतीय कप्तानले आश्चर्यजनक ७६५ रन बनाए र एउटै विश्वकपमा ७०० रन पार गर्ने पहिलो ब्याट्सम्यान बने ।

यसबाहेक, उनले एकदिवसीय क्रिकेट इतिहासमा ५० शतक प्रहार गर्ने एकमात्र व्यक्ति बनेका क्रिकेटर सचिन तेन्दुलकरलाई पछि पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *