September 19, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने प्रिमियर लिगका दुई क्लब क्याटलान क्लब बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीलाई भित्र्याउन इच्छुक छन्।

म्याड्रिडबाट प्रकाशित हुने स्पेनिस पत्रिका मार्काले प्रिमियर लिगका दुई क्लब क्याटलान क्लब बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीलाई भित्र्याउन इच्छुक रहेको दावी गरेको हो।

पेड्रीलाई आगामी समर ट्रान्सफर विन्डोमा आर्सनल र लिभरपुलले भित्र्याउन चाहेको मार्काले जनाएको छ। आर्सनलले यस अगाडी देखि नै पेड्रीमा नजर लगाइरहेको र लिभरपुलले हालसालै उनको बारेमा चासो व्यक्त गरेको बताइएको छ।

बार्सिलोनाले ट्रान्सफर विन्डोमा नयाँ खेलाडीहरू किन्नको लागि आर्थिक जोहो गर्नको लागि पेड्रीलाई बिक्री गर्न सक्ने मार्काको रिपोर्टमा उल्लेख गरिएको छ।

क्याटालान क्लबले पहिले पेड्रीको मूल्य ६८ मिलियन पाउण्ड राखेको भएपनि ५०-५५ मिलियन पाउण्ड सम्ममा बिक्री गर्न सक्ने मार्काको बुझाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *