September 19, 2024

एजेन्सी – केहि स्पेनिस खेल मिडियाहरुले गरेको दावीलाई मान्ने हो भने पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च स्टार किलियन एम्बाप्पेले म्याड्रिडमा घर किन्ने भएका छन्।

एम्बाप्पे स्पेनिस महारथी रियल म्याड्रिड आवद्ध हुने ढोका नजिक पुग्दा केहि स्पेनिस मिडियाले एम्बाप्पे म्याड्रिडमा घर किन्ने तयारीमा रहेको दावी गरेका हुन्।

बाहिर आएको खबर अनुसार एम्बाप्पे पिएसजीका पूर्व खेलाडी सर्जियो रामोसको घर किन्ने तरखरमा छन्। एम्बाप्पेले पीएसजीका पूर्व सहकर्मी सर्जियो रामोससँग ला मोरालेजा नामको शहरमा आफ्नो विलासी घर किन्न आँटेको भोज पोपुलीले जनाएको छ।

माथि उल्लेखित रिपोर्ट अनुसार, सर्जियो रामोसले आफ्नो म्याड्रिड घर बेच्ने योजना बनाएका थिएनन्। तर एमबाप्पेकी आमाले सिधा सम्पर्क गरेपछि रामोसले घर बिक्री गर्ने योजना बनाएको बताइएको छ।

एम्बाप्पेले किन्न खोजेको घरको मूल्य १८ मिलियन युरो आस पास हुन आउने भोज पोपुलीले जनाएको छ। एम्बाप्पेले यस सिजनको अन्त्यमा पिएसजी छाड्ने निर्णय गरिसकेका छन्।

पिएसजी छाडेपछि एम्बाप्पे रियल म्याड्रिड आवद्ध हुने लगभग पक्का छ। एम्बाप्पेले रियल आवद्ध हुने निर्णय गरिसकेपनि सम्झौता हुन भने बाँकी छ।

एम्बाप्पे र रियल म्याड्रिड बीच पारिश्रमिकको विषयमा मात्र सम्झौता हुन बाँकी छ। जुन आगामी समयमा समाधान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *