September 20, 2024

एजेन्सी – स्पेनिस लालिगाको विजेताको टुंगो केहि खेलमै लाग्ने देखिएको छ। निरन्तर जित निकाल्दै रियल म्याड्रिड उपाधि नजिक पुगिसकेको छ भने उसलाई बार्सिलोनाले भेट्टाउने सम्भावना कम हुँदैछ।

अहिलेको अवस्थामा बार्सिलोना र रियल दुवैले ३३ खेल खेलिसकेका छन्। यस बीचमा रियलले २६ खेलमा जित निकालेको छ भने एक खेलमा पराजय भोगेको छ।

त्यस्तै ६ खेलमा बराबरी खेल्दा रियलले ८४ अंक बनाएको छ। उता बार्सिलोनाले यस सिजन २२ खेलमा जित निकाल्दा ४ खेलमा हार बेहोरेको छ भने ७ खेलमा बराबरी खेलेको छ।

बार्सिलोनाको ७३ अंक छ। बार्सिलोनाले शनिबार जिरोनाको सामना गर्दैछ भने आइतबार रियलको सामना क्याडिजसँग हुनेछ। लालिगाको उपाधिको टुंगो यी दुई खेलले लगाउन सक्छ।

आज बार्सिलोना कुनै पनि हालतमा जित निकाल्नै पर्ने दबाबमा हुनेछ। आज बार्सिलोना पराजित भएको अथवा बराबरीमा रोकिएको खण्डमा त्यसको प्रतक्ष्य लाभ रियललाई मिल्नेछ।

आज बार्सिलोना पराजित हुने वा बराबरीमा रोकिने हो र आइतबार रियल म्याड्रिड विजयी हुने हो भने रियल आइतबार लालिगा च्याम्पियन बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *