September 20, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड लालिगा च्याम्पियन बनेको छ। क्याटलान क्लब बार्सिलोना पराजित भएसंगै रियल म्याड्रिड लालिगा च्याम्पियन बन्न सफल भएको हो।

शनिबार राति रियल म्याड्रिडले जित निकाल्दा बार्सिलोना भने पराजित हुन पुग्यो। शनिबार राति रियल म्याड्रिडले काडिज विरुद्ध ३-० को सानदार जित दर्ता गरेकको थियो।

रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले एक एक गोल गरे। उता बार्सिलोना भने दुई पटक अग्रता लिएर पनि जिरोनासँग पराजित हुन पुग्यो।

खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। लगतै चौथो मिनेटमा आर्टेम डोभबिकले जिरोनाका लागि बराबरी गोल गरे।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। सो गोल उनले पेनाल्टी मार्फत गरेका थिए।

तर दोस्रो हाफमा बार्सिलोनाले तीन गोल बेहोर्यो। ६५औं मिनेटमा क्रिस्टियन पोर्टु, ६७औं लिने मिगेल गुटीएरेज र ७५औं मिनेटमा पोर्टु गोल गरेसंगै जिरोना विजयी भयो।

बार्सिलोना पराजित भएसंगै रियल चार खेल बाँकी छँदै च्याम्पियन बन्यो। रियलले ३४ खेलबाट ८७ अंक बनाएको छ भने जिरोनाको ७४ अंक छ। त्यस्तै बार्सिलोनाको भने ७३ अंक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *