एजेन्सी – आइतबार बिहान अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले सानदार प्रदर्शन गरे। मेस्सीकै उच्च प्रदर्शनमा मेजर सकर लिग अन्तर्गतको खेलमा न्यूयोर्क रेडबुल्स विरुद्ध इन्टर मियामीले ६-२ को जित दर्ता गर्यो।
मियामीको तर्फबाट भएका सबै गोलमा मेस्सीको भूमिका थियो। न्यूयोर्क रेडबुल्स विरुद्ध मेस्सीले एक गोल गर्दा पाँच असिस्ट दिएका थिए। लुइस सुआरेजले गरेका तीन मध्ये तीनै गोलका लागि मेस्सीले असिस्ट दिएका थिए।
त्यस्तै मतियास रोजासले गरेका दुई गोलका लागि पनि मेस्सीले नै असिस्ट दिएका थिए। यसरी एकै खेलमा पाँच असिस्ट दिएपछि मेस्सीले रेकर्ड समेत बनाए।
मेस्सी मेजर सकर लिगको एकै खेलमा सबै भन्दा बढी असिस्ट दिने खेलाडी बनेका छन्। न्यूयोर्क विरुद्ध ६ गोलको योगदान दिएका मेस्सी मेजर सकर लिगको एकै खेलमा सबै भन्दा बढी योगदान दिने खेलाडी पनि बनेका छन्।
मेस्सी र सुआरेजले निरन्तर उच्च प्रदर्शन गरिरहेको अवस्थामा मियामीले शिर्ष स्थानमा बलियो पकड बनाएको छ। मियामीले १२ खेलबाट २४ अंक बटुलेको छ।
Making history… AGAIN: 5️⃣ assists 1️⃣ goal tonight for the 🐐 pic.twitter.com/vjqheLTPu6
— Inter Miami CF (@InterMiamiCF) May 5, 2024
Records were made for Messi to break them. 🐐 pic.twitter.com/FMOUqmKYbz
— Major League Soccer (@MLS) May 5, 2024