September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगका लागि आज फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन(पिएसजी) एक्सनमा उत्रँदैछ। पिएसजी आज राति घरेलु मैदानमा एक्सनमा उत्रन लागेको हो।

पिएसजीले आज राति घरेलु मैदानमा जर्मन क्लब बुरुसिया डर्टमण्डको सामना गर्नेछ। पेरिस सेन्ट जर्मेन र बोरुसिया डर्टमण्ड बीचको खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा पिएसजी १-० को गोल अन्तरले पराजित भएको थियो। पहिलो लेगमा पराजित भएका कारण पिएसजी आज केहि दबाबमा हुनेछ।

च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन पिएसजीले डर्टमण्डलाई कुनै पनि हालतमा पराजित गर्नुपर्नेछ। पिएसजी पक्कै पनि आज घरेलु मैदानको फाइदा उठाउने योजनामा हुनेछ।

उता डर्टमण्ड भने आज केहि सहज अवस्थामा हुनेछ। आज पिएसजीलाई बराबरीमा रोक्न मात्र सकेपनि डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *