September 20, 2024

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ। फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पिएसजी) लाई पराजित गर्दै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको हो।

मंगलबार राति च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा डर्टमण्डले पिएसजीलाई उसकै घरेलु मैदानमा १-० को गोल अन्तरले पराजित गर्यो। समग्रमा २-० को जित हासिल गर्दै डर्टमण्ड फाइनल प्रवेश गर्यो।

पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि खेलको एकमात्र गोल म्याट्स हुमेल्सले गरे। उनले खेलको दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो।

उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए। जुलियन ब्रान्ड्टको कर्नर किकमा डिफेन्डर म्याट्स हुमेल्सले शक्तिशाली हेडर प्रहार गोल गरेर डर्टमण्डलाई अग्रता दिलाएका थिए।

स्टार खेलाडीहरुले भरिएको पिएसजीले खेलभर बलमा राम्रो नियन्त्रण राखेर आक्रमण गर्दा पनि जित निकाल्न भने सकेन। पिएसजीले बलमा कुल ७० प्रतिशत नियन्त्रण राखेको थियो।

खेलभर पिएसजीको तर्फबाट ३० प्रहार भएका थिए। जसमध्ये ५ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहारलाई गोलमा परिणत गर्न भने पिएसजीले सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *