September 20, 2024

एजेन्सी – बायर्न म्युनिखका गोलकिपर म्यानुएल नेउरले रियल म्याड्रिडका सुपरस्टार जुड बेलिङ्घमको २०२४ बालोन डी’ओर जित्ने सम्भावनाबारे कुरा गरेका छन्।

च्याम्पियन्स लिगको दोस्रो लेगमा रियल म्याड्रिडको सामना गर्नु अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा नेउरले सन् २०२४ को बालोन डी’ओर बेलिङ्घमले जित्ने सम्भावना रहेको बताए।

तर सो कुराकानीका क्रममा उनले बेलिङ्घमले बालोन डी’ओर जित्ने नजित्ने कुरा युरो कपमा इङ्गल्याण्डले गर्ने प्रदर्शनमा पनि भर पर्ने बताउन छुटाएनन्।

“हो, जुडले बालोन डी’ओर जित्न सक्छ। कुनै पनि प्रतियोगितामा पुग्ने हो भने पक्कै पनि एक खेलाडी बालोन डी’ओर जित्ने दौडमा हुन्छ। तर यो कुरा युरो कपमा इङ्गल्याण्डले गर्ने प्रदर्शनमा पनि भर पर्न सक्छ।”,नेउरले भने।

बेलिङह्याम गत समर १०३ मिलियन युरोमा बुन्डेसलिगा जाइन्ट्स बोरुसिया डर्टमण्डबाट रियल मड्रिडमा आबद्ध भएका थिए। रियल आएदेखि उनले निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्।

२० वर्षीय बेलिङह्यामले ३८ खेलमा २२ गोल गरेका छन् भने १० असिस्ट प्रदान गरेका छन्। उनले लस ब्लान्कोसका लागि आफ्नो पहिलो १५ आउटिङमा १४ गोल गरेपछि क्रिस्टियानो रोनाल्डोको एक रेकर्डलाई तोडेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *