December 23, 2024

एजेन्सी – रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामोसले बायर्न म्युनिखमाथि रोमाञ्चक जित हासिल गरेपछि आफ्नो पूर्व टोलीको कहिल्यै हार नमान्ने मनोवृत्तिको प्रशंसा गरेका छन्।

च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा रियलले सानदार कम्ब्याक जित निकालेपछि सामाजिक संजाल मार्फत रामोसले आफ्नो पूर्व टोलीको प्रशंसा गरेका हुन्।

“अन्तिम सिट्टी नहुँदासम्म … मिनेट 93 DN @realmadrid बाट धेरै धेरै!! बधाई छ!! अर्को फाइनल।”,रामोसले रियल च्याम्पियन्स लिगको अर्को फाइनल पुगेपछि सामाजिक संजालमा खेलेका छन्।

रामोसले लामो समय रियल म्याड्रिडबाट खेलेका थिए। उनले रियलबाट चार च्याम्पियन्स लिग उपाधि जितेका छन्। रियल म्याड्रिड सन् २०२१ मा छाडेका उनी अहिले सेभियाबाट खेलिरहेका छन्।

रियलको घरेलु मैदान सानटियागो बर्नाबेउमा भएको खेलको पछिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन सकेनन्। तर दोस्रो हाफमा तीन गोल भए। बायर्नका लागि अल्फोन्सो डेविसले एक गोल गर्दा रियलका लागि जोसेलुले दुई गोल गरे।

६८औं मिनेटमा अल्फोन्सो डेविसले बायर्नलाई अग्रता दिलाएका थिए। उनले ह्यारी केनको पासलाई गोलमा परिणत गरेका थिए। ह्यारी केनको पासलाई अगाडी बढाएर शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए।

खेलको ८१ औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले खेलको खेलको ८८ औं मिनेटमा गोल गरेपछि रियल खेलमा फर्कियो। इन्ज्युरी समयमा पनि उनैले गोल गरे।

उनले इन्ज्युरी समयको दोस्रो मिनेटमा एन्टनियो रुडीगरको क्रसमा गोल गरेका थिए। यस जितसंगै अब च्याम्पियन्स लिग फाइनलमा रियल र जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *