September 19, 2024

एजेन्सी – साउदी अरेबियन क्लब अल नासरले साउदी प्रो लिगको उपाधि जित्ने सम्भावनालाई जिवितै राखेको छ। साउदी प्रो लिगको जारी सिजनको ३१ औं खेलमा जित निकालेसंगै अल नासरले साउदी प्रो लिग जित्ने सम्भावनालाई कायमै राखेको हो।

बिहिबार राति भएको खेलमा आल नासरले अल अख्दौद माथि ३-२ को जित निकाल्यो। बराबरीमा टुंगिन लागेको खेलको इन्ज्युरी समयमा गोल गर्दैअल नासरले जित निलालेको हो।

अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले एक गोल गर्दा मार्सेलो ब्रोजोभिकले दुई गोल गरे। त्यस्तै अल अख्दौदका लागि हसन अल-हबिब र मुक्तिदाता गोडविनले एक-एक गोल गरे।

खेलको सातौँ मिनेटमै अल नासरले अग्रता लिन सफल भएको थियो। अल नासरका लागि ब्रोजोभिकले सातौं मिनेटमा गोल गरेका थिए। अल नासरका लागि दोस्रो गोल रोनाल्डोले गरे।

रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि पहिलो हाफमा खासै गोल भएनन्। तर खेलको ६० औं मिनेटमा अख्दौदका लागि अल-हबिबले गोल गरे।

त्यसको १० मिनेट पछि ७० औं मिनेटमा मुक्तिदाता गोडविनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। इन्ज्युरी समयको पहिलो मिनेटमा ब्रोजोभिकले गोल गर्दा अल नासर विजयी भयो।

यस जितसंगै अल नासरले ३१ खेलबाट ७७ अंक बनाएको छ। एक खेल कम खेलेको अल हिलाल भन्दा अल नासर ९ अंकले पछि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *