September 20, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने घोषणा गरेका छन्। एम्बाप्पेले शुक्रबार राति पिएसजी छाड्ने घोषणा गरेका हुन्।

एम्बाप्पेले सामाजिक संजाल मार्फत एक भिडियो सन्देश जारी गर्दै पिएसजी छाड्ने निर्णयमा आफू पुगेको बताएका छन्। एम्बाप्पेले सो भिडियो मार्फत सम्झौता थप नगर्ने स्पष्ट पारेका हुन्।

एम्बाप्पे र पिएसजी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। तर उनले सम्झौता थप नगर्ने पक्का भैसकेको छ। पिएसजी छाड्ने घोषणा गरिसकेपछि अब उनले छिट्टै स्पेनिस क्लब रियल म्याड्रिडसँग सम्झौता गर्ने अनुमान गरिएको छ।

पेरिसमा जन्मेका एमबाप्पे मोनाकोबाट अगस्ट २०१७ मा १६.५७ करोड पाउन्डमा पीएसजीमा सामेल थिए। एम्बाप्पे २५५ गोलसहित पीएसजीका कीर्तिमानी गोलकर्ता हुन्।

पिएसजीबाट धेरै उपाधि जितेपनि उनले च्याम्पियन्स लिग भने जित्न सकेनन्। पिएसजीमा हुँदा उनले एक च्याम्पियन्स लिग फाइनल खेले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *