September 19, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने घोषणा गरेका छन्। एम्बाप्पेले सामाजिक संजाल मार्फत एक भिडियो सार्वजनिक गर्दै पिएसजी छाड्ने घोषणा गरेका हुन्।

एम्बाप्पेले पिएसजी छाड्ने भएसंगै आर्थिक रुपमा पिएसजीलाई ठूलो फाइदा हुने भएको छ। एम्बाप्पेको बहिर्गमनले अब पिएसजीलाई २ सय मिलियन युरो भन्दा बढी फाइदा हुने विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

खबरका अनुसार एम्बाप्पेको बहिर्गमनका कारण अब पिएसजीलाई २ सय २५ मिलियन युरो फाइदा हुनेछ। एम्बाप्पेले फ्री ट्रान्सफरमा क्लब छाड्दा पिएसजीले उल्लेखित रकम एम्बाप्पेलाई तिर्न नपर्ने बताइएको छ।

अब पिएसजीले सो रकम अन्य खेलाडी भित्र्याउन प्रयोग गर्न सक्नेछ। सो रकम प्रयोग गरेर पिएसजीले केहि उत्कृष्ट खेलाडी भित्र्याउने र केहि युवा खेलाडी भित्र्याउने योजना बनाएको पत्रकार बेन ज्याकब्स बताउँछन्।

पिएसजी गएको एक दशक भन्दा बढी समय देखि च्याम्पियन्स लिग जित्ने योजनामा लागिपरिरहेको छ। तर ठूला ठूला स्टार भित्र्याउँदा पनि पिएसजीलाई सो सफलता मिल्न सकिरहेको छैन।

पिएसजी अब पहिला भन्दा फरक योजना सहित अगाडी बढ्ने योजनामा रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *