September 19, 2024

एजेन्सी – साउदी अरेबिया पुगेको पहिलो सिजनमै ब्राजिलियन स्टारले उपाधि जितेका छन्। पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेर साउदी पुगेका नेयमारले पहिलो सिजनमै उपाधि जितेका हुन्।

नेयमार यसै सिजन मात्र साउदी क्लब अल हिलाल आवद्ध भएका थिए। तर दुर्भाग्यवश उनले अल हिलालका लागि कमै मात्र खेल खेल्न पाए। उनले अल हिलालका लागि यस सिजन मात्र ५ खेल खेलेका छन्।

जसमध्ये तीन खेल उनले साउदी प्रो लिग अन्तर्गत खेलेका थिए। तीन खेल खेल्दा उनले अल हिलालका साउदी प्रो लिगमा गोल गर्न नसकेपनि तीन असिस्ट दिएका थिए।

शनिबार राति अल हिलालले अल हाजमलाई ४-१ गोल अन्तरले पराजित गर्यो। जससंगै अल हिलाल सिजनका तीन खेल बाँकी छँदै लिग साउदी प्रो लिग च्याम्पियन बन्यो।

अल हिलालले यस सिजन साउदी प्रो लिगका ३२ खेल मध्ये २९ खेलमा जित निकाल्दा २ खेलमा बराबरी खेलेको छ। अल हिलालको ८९ अंक छ। दोस्रो स्थानको अल नासरको ७७ अंक रहेको छ।

अल नासर भन्दा स्पष्ट १२ अंकको अग्रता भएसंगै अल हिलाल ३ खेल अगावै च्याम्पियन बन्यो। अल हिलाल च्याम्पियन्स बनेसंगै नेयमारको ट्रफी क्याबिनेटमा अर्को उपाधि थपियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *