September 19, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) सिजनको अन्तिम घरेलु खेलमा पराजित भएको छ। फ्रेन्च च्याम्पियन पिएसजी सिजनको अन्तिम घरेलु खेलमा पराजित हुन पुगेको हो।

आइतबार राति पिएसजी टुलुससँग ३-१ किओ गोल अन्तरले स्तब्द भयो। खेलको सुरुवातमै अग्रता लिएपनि दोस्रो हाफमा खराब प्रदर्शन गरेसंगै पिएसजी पराजित हुन पुगेको हो।

खेलको ८ औं मिनेटमै किलियन एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। तर खेलको १३ औं मिनेटमा थिजस डालिंगाले पाहुना टोलीका लागि बराबरी गोल गरे।

खेलको ६८ औं मिनेटमा यन बोहोले गोल गर्दा टुलुसले २-१ को अग्रता पायो। पछि टुलुसले इन्ज्युरी समयमा पनि गोल थप्यो। इन्ज्युरी समयको पाँचौ मिनेटमा फ्र्यांक माग्रीले गोल गर्दै ३-१ को जित पक्का गरे।

आइतबार राति फ्रेन्च स्टार एम्बाप्पेले पिएसजीका लागि अन्तिम घरेलु खेल खेले। अन्तिम घरेलु मैदान खेल उनका लागि सुखद रहन सकेन। किन भने अन्तिम घरेलु खेलमा उनले हारको सामना गर्नु पर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *