September 19, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने निर्णय गरिसकेका छन्। फ्रेन्च क्लबमा लामो बसाई पश्चात उनले यस सिजनको अन्त्यमा अक्लब छाड्ने भएका हुन्।

सन् २०१७ मा पिएसजी आइपुगेका उनी अब सात वर्षको लामो बसाई सकाएर नयाँ गन्तब्य तर्फ अगाडी बढ्नेछन्। एम्बाप्पेले केहि दिन अगाडी मात्रै आफ्नो निर्णय सार्वजनिक गरेका थिए।

पिएसजीमा रहेर उनले कयौं उपाधि जितेपनि च्याम्पियन्स लिग भने उनले जित्न सकेनन्। एम्बाप्पेको करियरमा अब केहिको कमि छ भने त्यो च्याम्पियन्स लिग नै हो।

अब च्याम्पियन्स लिग जित्ने एम्बाप्पेको सपना रियल म्याड्रिडमै गएर पूरा हुनेछ। स्पेनिस महारथी रियल म्याड्रिड च्याम्पियन्स लिगको राजा नै हो। रियलले जति च्याम्पियन्स लिगको उपाधि अहिले सम्म कसैले पनि जित्न सकेको छैन।

रियलले अहिले सम्म १४ च्याम्पियन्स लिग उपाधि जितिसकेको छ भने १५ औं उपाधि जित्ने दौडमा छ। रियल र एम्बाप्पे बीच एक प्रकारको सहमति भैसकेको छ।

अब दुई पक्ष बीच सम्झौता हुन मात्र बाँकी छ। आगामी समयमा सम्झौता पनि हुने अनुमान गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *