September 19, 2024

एजेन्सी – म्यानचेस्टर सिटीले प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको छ। प्रिमियर लिगको जारी सिजनको ३७ औं खेलमा सिटीले महत्वपूर्ण जित निकालेको हो।

मंगलबार राति सिटीले टोटेनहम हटस्परलाई उसकै घरेलु मैदानमा पराजित गर्यो। टोटेनहम हटस्पर स्टेडियममा भएको खेलमा सिटी २-० को गोल अन्तरले विजयी भयो।

बलमा कम नियन्त्रण राखेपनि सिटीले टोटेनहम विरुद्ध सठीक आक्रमण गर्दै जित पक्का गर्यो। सिटीको जितमा दुवै गोल नर्वेली युवा स्टार एर्लिङ हालाण्डले गरेका थिए।

पहिलो हाफमा कुनै टोलीबाट गोल हुन नसकेपनि खेलको ५१ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले केभिन डे ब्रुएनाको पासमा गोल गरेका थिए।

इन्ज्युरी समयमा सिटीले पेनाल्टीको अवसर पाउँदा हालाण्डले गोल गरे। इन्ज्युरी समयको पहिलो मिनेटमा भएको सो गोलसंगै सिटीको जित पक्का भयो।

यस जितसंगै सिटी शिर्ष स्थानमा उक्लिएको छ। सिटी ३७ खेलबाट ८८ अंक जोडेर शिर्ष स्थानमा छ भने दोस्रो स्थानको आर्सनलको ८६ अंक छ। आर्सनल मंगलबार पक्कै पनि टोटेनहमको जित चाहन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *