September 19, 2024

एजेन्सी – स्पेनिस लालिगा च्याम्पियन रियल म्याड्रिडले सानदार जित दर्ता गरेको छ। सिजन सकिनु भन्दा अगाडी नै च्याम्पियन बनिसकेको रियलले लालिगाको जारी सिजनको ३६ औं खेलमा सानदार जित दर्ता गरेको हो।

रियलले मंगलबार राति अलाभेस विरुद्ध गोलवर्षा गर्दै फराकिलो जित निकाल्यो। घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा रियल ५-० को गोल अन्तरले विजयी भयो।

रियलको जितमा चार खेलाडीले गोल गरे। रियलका लागि जुड बेलिङ्घम, फेडेरिको भाल्भर्डे र अर्दा गुलरले एक-एक गोल गर्दा भिनिसियस जुनियरले दुई गोल गरे।

खेलको १० औं मिनेटमै बेलिङ्घमको गोलबाट रियलले अग्रता लिएको थियो। उनले टोनी क्रुसको पासमा गोल गरेका थिए। खेलको २७ औं मिनेटमा रियलको अग्रता दोब्बर भयो।

सो गोल भिनिसियस जुनियरले गरेका थिए। उनको गोलका लागि एडुआर्डो कामाभिन्गाले पास मिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा बेलिङ्घमको पासमा भाल्भर्डेले गोल गर्दा रियल ३-० को गोल अन्तरले अगाडी बढ्यो।

खेलको ७० औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौंथो गोल गरे। उनले बेलिङ्घमको पासमा गोल गरेका थिए। यस्तै खेलको ८१ औं मिनेटमा गुलरले गोल गरेसंगै रियल ५-० को गोल अन्तरले विजयी भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *