एजेन्सी – बिहिबार बिहान मेजर सकर लिग क्लब इन्टर मियामीले ओर्लान्डो सिटीको सामना गर्यो। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी अनुपस्थित खेलमा मियामी बराबरीमै रोकियो।
ओर्लान्डो सिटीको घरेलु मैदानमा भएको खेलमा मियामीले बलमा राम्रो नियन्त्रण राखेपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो। मियामीको टोलीमा मेस्सीको अभाव स्पष्ट रुपमा खड्कियो।
किन खेल्न सकेनन् मेस्सी ?
पछिल्लो खेलका क्रममा लागेको एक चोटका कारण मेस्सी ओर्लान्डो सिटी विरुद्ध खेल्न सकेनन्। आइतबार बिहान मोन्ट्रियलको सामना गर्दा मेस्सीको खुट्टामा सामान्य चोट लागेको थियो।
सो चोट नबढोस भन्नको लागि मेस्सीलाई बिहिबार आराम दिइएको थियो। विभिन्न खेल मिडियाहरुका अनुसार मेस्सीलाई लागेको चोट खासै गम्भीर छैन।
तर उनले केहि समय आराम भने पक्कै गर्नु पर्नेछ।