September 19, 2024

एजेन्सी – आज साउदी प्रो लिगमा अल नासरले लिग च्याम्पियन्स अल हिलालको सामना गर्दैछ। साउदी प्रो लिगको दोस्रो स्थानमा रहेको अल नासरले आज राति अल हिलालको सामना गर्न लागेको हो।

अल नासर र अल हिलाल बीचको खेल शुक्रबार राति अल नासरको घरेलु मैदान अल अव्वल स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार शुक्रबार राति ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

अल हिलाल सिजनका तीन खेल बाँकी रहँदै च्याम्पियन बनिसकेको छ। आजको खेलमा जित वा हार दुवैले साउदी लिगमा अल नासर र अल हिलाललाई कुनै असर गर्ने छैन।

तर यो प्रतिष्ठाको लडाई भने पक्कै हुनेछ। अल हिलाल यस सिजन साउदी प्रो लिगमा पराजित भएको छैन। अल हिलालले ३१ खेलमा २९ जित र २ बराबरी सहित ८९ अंक बनाएको छ।

अल नासरको भने ७७ अंक छ। अल नासरले ३१ मध्ये २५ खेलमा जित निकाल्दा ४ खेलमा पराजय भोगेको छ। साउदी प्रो लिगको जारी सिजनको पछिल्लो खेलमा अल हिलालले अल नासरलाई ३-० को गोल अन्तरले पराजति गरेको थियो।

शुक्रबार राति अल नासर सो हारको बदला लिने दाउमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *