एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन्। रोनाल्डोले बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीको शीर्षस्थानमा कब्जा जमाएका हुन्।
उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीको शीर्षस्थानमा पुगेका छन्। गत वर्ष शीर्ष स्थानमा उक्लिएका उनी यस पटक पनि शीर्ष स्थानमा उक्लिन सफल भएका छन्।
रोनाल्डोले सन् २०२२ को अन्त्यमा अल नासरसँग सम्झौता गरेका थिए। त्यसबेला उनले उच्च पारिश्रमिक पाउने तय भएको थियो। सो सम्झौता पछि उनी विश्वकै सबै भन्दा बढी पारिश्रमिक लिने खेलाडी बनेका थिए।
३९ वर्षीय पोर्चुगिज कप्तानले पछिल्लो १२ महिनामा १ सय ३६ मिलियन डलरदेखि २ सय ६० मिलियन डलर कमाएको बिजनेस म्यागजिन फोर्ब्सले जनाएको छ।
रोनाल्डोका अर्जेन्टिनी प्रतिद्वन्द्वी लियोनेल मेस्सी यस सूचीको तेस्रो स्थानमा झरेका छन्। मेस्सीलाई पछि पार्दै यो सूचीआ गल्फका जोन रहम दोस्रो स्थानमा उक्लिएका छन्।
स्पेनिस गल्फरले साउदी अरबको सहयोगमा भएको लिभ गल्फ टूरपछि २ सय १८ मिलियन डलर कमाई गरेका थिए। मेस्सीले १३५ मिलियन डलर कमाएको फोर्ब्सको अनुमान छ।
यस्तो छ सूची
१. क्रिस्टियानो रोनाल्डो, फुटबल – २६० मिलियन डलर २. जोन रहम, गल्फ – २१८ मिलियन डलर ३. लियोनेल मेस्सी, फुटबल – १३५ मिलियन डलर ४. लेब्रोन जेम्स, बास्केटबल – १२८.२ मिलियन डलर ५. जियानिस एन्टेटोकोनम्पो, बास्केटबल – १११ मिलियन डलर
६. केलियन एमबाप्पे, फुटबल – ११० मिलियन डलर ७. नेयमार, फुटबल – १०८ मिलियन डलर ८. करिम बेन्जेमा, फुटबल – १०६ मिलियन डलर ९. स्टेफन करी, बास्केटबल – १०२ मिलियन डलर १०. लामार ज्याक्सन, अमेरिकी फुटबल – १००.५ मिलियन डलर