December 23, 2024

एजेन्सी – इन्टर मियामीका प्रशिक्षक टाटा मार्टिनोले लियोनेल मेस्सीको फिटनेस बारे अपडेट प्रदान गरेका छन्। खेल अगाडीको पत्रकार सम्मेलनका क्रममा उनले मेस्सीको बारेमा अपडेट प्रदान गरेका हुन्।

उनका अनुसार अर्जेन्टिनी स्टार आइतबार बिहान एक्सनमा उत्रने उच्च सम्भावना छ। पत्रकार सम्मेलनका क्रममा मेस्सी आइतबार बिहान एक्सनमा उत्रन सक्नेमा आफू आशावादी रहेको बताए।

त्यसक्रममा मार्टिनोले मेस्सीको खुट्टामा चोट लागेका कारण उनलाई पछिल्लो खेलमा नखेलाइएको स्पष्ट पारे। खुट्टा राम्रोसँग चलाउन नसकेका कारण मेस्सीलाई पछिल्लो खेलमा नखेलाइएको उनको भनाई छ।

ओर्लान्डो सिटीसँग मियामीको सामना हुँदा मेस्सी इन्टर मियामीको टोलीमा थिएनन्। मेस्सीको अनुपस्थितिमा मियामी गोलरहित बराबरीमा रोकिन पुगेको थियो।

आइतबार बिहान मियामी मेजर सकर लिगको नयाँ सिजनको १५ औं खेलका लागि एक्सनमा उत्रँदैछ। आइतबार मियामीको भेट डिसी युनाइटेडसँग हुनेछ।

मियामी र डिसी युनाइटेड बीचको खेल मियामीको घरेलु स्टेडियम चेज स्टेडियममा नेपाली समय अनुसार आइतबार बिहानको ५ बजेर १५ मिनेटमा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *