September 19, 2024

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नानडेजको पद धरापमा परेको छ। बार्सिलोना छाड्ने निर्णयबाट ब्याक भएर बार्सिलोनामै रहने निर्णयमा पुगेका जाभीको पद धरापमा परेको हो।

विभिन्न खेल मिडियाहरुमा आएका खबर अनुसार जाभी र क्लब अध्यक्ष जोआन लापोर्टा बीचको सम्बन्ध एकाएक बिग्रिएको छ र जाभी बर्खास्त हुन सक्छन्।

जाभीले केहि दिन अगाडी क्लबको आर्थिक अवस्था र भिटोर रोकको विषयमा बोलेका थिए। जाभीको सो प्रतिक्रिया पश्चात लापोर्टा उनीसँग असन्तुष्ट भएको बताइएको छ।

जाभी र लापोर्टा बीच तनावपूर्ण अवस्था शिर्जना भएको ट्रान्सफर बजारका जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। उनका अनुसार जाभीको विषयमा बार्सिलोना भित्र अन्तरिक कुराकानी चलिरहेको छ।

जाभीलाई बार्सिलोनाले बर्खास्त गर्ने उच्च सम्भावना रहेको स्पेनिस मिडियाहरुले रिपोर्ट गरिरहेका छन्। जाभीलाई बर्खास्त गरेको खण्डमा राफा मार्केज नयाँ प्रशिक्षक बन्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *