September 19, 2024

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका भेट्रान मिडफिल्डर लुका मोड्रिचले सहकर्मी टोनी क्रुसलाई भावनात्मक ट्रिब्युट दिएका छन्। टोनी क्रुसले सन्यास लिने घोषणा गरेपछि मोड्रिचले सामाजिक संजाल मार्फत भावनात्मक ट्रिब्युट दिएका हुन्।

रियल म्याड्रिड र जर्मनीका स्टारले आफ्नो राष्ट्रिय टोलीको युरो २०२४ अभियान पछि सन्यास लिने घोषणा गरिसकेका छन्। उनको सो घोषणा बाहिर आएसंगै मोड्रिचले सामाजिक संजालमा टोनीका लागि केहि भावनात्मक शब्दहरुहरु लेखेका छन्।

मोड्रिचले टोनीलाई ऐतिहासिक फुटबलरको संज्ञा दिँदै उनको सन्यास लिने घोषणाले सारा फुटबल जगत दुखि भएको सामाजिक संजालमा उल्लेख गरेका छन्।

टोनी क्रुस फुटबल र रियल म्याड्रिडको लेजेन्ड रहेको उनको भनाई छ। त्यसक्रममा उनले रियल म्याड्रिडको मिडफिल्ड साझेदारी गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा रहेको बताउन पनि छुटाएका छैनन्।

“प्रिय टोनी, मलाई यी शब्दहरू लेख्न गाह्रो भइरहेको छ। यो फुटबलको संसार दुखी छ किनकि एक ऐतिहासिक फुटबलर बिदा हुदैछ। र म पनि धेरै दुखी छु साथी, तिमी यस खेलको र रियल म्याड्रिडको लेजेन्ड हौ। तिमिसँग रियल म्याड्रिडको मिडफिल्ड साझेदारी गर्न पाउनु साँच्चै सम्मानको कुरा हो।”,मोड्रिचले सामाजिक संजालमा लेखेका छन्।

यस्तै उनले अब अर्को टोनी क्रुस नहुने दावी पनि गर्न छुटाएका छैनन्। रियल म्याड्रिडमा टोनी क्रुस र मोड्रिचले एक दशक संगै फुटबल खेले। यस बीचमा यो जोडीले २१ उपाधि जितिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *