September 19, 2024

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक ह्यान्सी फ्लिक क्याटलान क्लब बार्सिलोनाको नयाँ प्रशिक्षक बन्ने भएको छ। बार्सिलोनाले ह्यान्सी फ्लिकलाई आगानी सिजनका लागि प्रशिक्षक बनाउने भएको हो।

बार्सिलोनाले जाभीलाई बर्खास्त गरेसंगै ह्यान्सी फ्लिकलाई प्रशिक्षक पदमा नियुक्त गर्ने तयारी सुरु गरिसकेको छ। दुई पक्ष बीच सम्झौता समेत भइसकेको बताइएको छ।

यस खबरलाई ट्रान्सफर बजारका राम्रा जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। रोमानोका अनुसार दुई पक्ष बीच सम्झौता भइसकेको छ भने अब आधिकारिक घोषणा हुन मात्रै बाँकि छ।

“ह्यान्सी फ्लिक बार्सिलोनाको नयाँ मुख्य प्रशिक्षक बने, हियर वि गो ! सम्झौता सम्पन्न भएको छ। एजेन्ट पिनी जाहवीले दुई वर्षको सम्झौता अनुमोदन गरेका छन्।”,फाब्रिजियो रोमानोले सामाजिक संजालमा लेखेका छन्।

बार्सिलोना र फ्लिक बीच सन् २०२६ सम्मका लागि सम्झौता भएको छ। यसको अर्थ अब उनले दुई सिजन बार्सिलोनाको जिम्मेवारी सम्हाल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *