एजेन्सी – च्याम्पियन्स लिगको फाइनल अगाडी स्पेनिस महारथी रियल म्याड्रिडलाई झड्का लागेको छ। च्याम्पियन्स लिगको महत्वपूर्ण फाइनल अगाडी एक खेलाडी घाइते भएसंगै रियललाई झड्का लागेको हो।
विभिन्न खेल मिडियाहरुका अनुसार रियल म्याड्रिडका ओरेलिएन चुआमेनी घाइते भएका छन्। ओरेलिएन चुआमेनीको खुट्टामा चोट लागेको र सो चोटका कारण उनले च्याम्पियन्स लिग फाइनल गुमाउने पक्का भएको बताइएको छ।
उनले च्याम्पियन्स लिग फाइनल गुमाउने पक्का भएको रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले पुष्टि गरे। एक पत्रकार सम्मेलनका क्रममा औंले स्पष्ट पारे कि चुआमेनी च्याम्पियन्स लिग फाइनलका लागि उपलब्ध हुने छैनन्।
एन्सेलोटीका अनुसार चुआमेनी युरो कपका लागि ठिक हुन प्रयासरत रहनेछन्। एन्सेलोटीले भने,”उनी फाइनलको लागि तयार हुनेछैनन्। उनले फ्रान्ससँग युरोपियन च्याम्पियनशिपको लागि समयमै रिकभर गर्नमा ध्यान केन्द्रित गर्नेछन्।”
बायर्न म्युनिख विरुद्धको सेमिफाइनलको दोस्रो लेगका क्रममा चुआमेनी घाइते हुन पुगेका थिए। उनको अनुपस्थितिको अर्थ एन्सेलोटीले एडुआर्डो क्यामाभिङ्गा वा टोनी क्रस उनको भूमिकामा खेलाउन सक्छन्।